काठमाडौं– आज बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७१५ रुपैयाँ रहेको थियो।
विश्लेषकहरूले मूल्य वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढ्नु र आन्तरिक माग–आपूर्तिका कारण भएको बताएका छन्।







