अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एक डलर १४५ रुपैयाँ नाघ्यो

काठमाडौँ । अमेरिकी डलरको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा कायम भएको छ।

डलरको मूल्य यसअघि मंगलबार खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको थियो। आजको दरसँगै अमेरिकी डलरको मूल्य नयाँ उच्च विन्दुमा पुगेको हो।

अन्य विदेशी मुद्रातर्फ युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्