गायक मनोज धामीको नयाँ गीत ‘हाँ झुम्की हाँ’ सार्वजनिक, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं – चर्चित गायक मनोज सिँह धामी र गायिका रेखा जोशीको स्वर रहेको नयाँ गीत ‘हाँ झुम्की हाँ’ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निक्कै चर्चा पाएको छ । सुदूरपश्चिमलाइ स्वर्गको बयान गर्दै एक जोडीले मायाप्रेमका कुरागरिरहेको गीतमा उल्लेख गरेको छ ।

गीतको शब्द र संगीत स्वयं मनोज सिँह धामीले तयार पारेका छन् भने केशब बडूले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राणा र खुमन राणाले गरेका छन् र कुमार राणाले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा बिक्रम चौहान र रेणुका आले मगर मुख्य कलाकारका रूपमा देखिएका छन्। बिक्रम चौहानले निर्देशन र कोरियोग्राफी समेत गरेका छन्। भिडियोको सिनेमाटोग्राफी महेश महरा र टोली, कलर ग्रेडिङ मिन रावल, भिजुअल एडिट तथा पोस्टर आर्ट्स लक्ष्मण चौहान, मेकअप यमुनापाण्डे, र पोस्ट–प्रोडक्सन बी स्टार फिल्मले गरेका छन्।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भएको छ। दर्शकले गीतको सरल तर प्रभावकारी शब्द र रमाइलो संगीतलाई प्रशंसा गरेका छन्। ‘हाँ झुम्की हाँ’ नेपाली संगीत प्रेमीका लागि रमाइलो उपहार सावित भएको छ र यसले मनोज सिँह धामीको संगीत यात्रामा थप उचाइ थप्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्