काठमाडौं – नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई क्यूरा हेल्थ प्रा. लि. द्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। क्यूरा हेल्थ प्रा. लि. ललितपुरको ज्वागलस्थित अत्याधुनिक प्रयोगशाला तथा स्वास्थ्य सेवा प्रदायक संस्था हो।
सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले क्यूरा हेल्थको प्याथोलोजी ल्याब सेवामा बिल रकमको १२ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, आवश्यक परिक्षणका लागि निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइनेछ। यसमा विभिन्न हेल्थ प्याकेजहरूमा आकर्षक छुट सुविधा समेत समावेश गरिएको छ।
सम्झौता पत्रमा २०८२ साल मंसिर १९ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि.को तर्फबाट प्रबन्धक श्री शीतल प्रसाद पोखरेल ले हस्ताक्षर गर्नुभयो। यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूलाई क्यूरा हेल्थ प्रा. लि. द्वारा प्रदत्त गुणस्तरीय सेवा सहज, सुलभ र थप सहुलियतमा उपलब्ध हुने विश्वास लिइएको छ।






