नेपाल आयल निगमद्वारा इन्धन मूल्य समायोजन, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्यमा समायोजन गरेको छ। निगमको आइतबार जारी विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको छ।

यस्तै, हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ।

नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्