काठमाडौं — देशभर आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य घटेर तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको महासङ्घले जानकारी दिएको छ।






