अबको बाटो (कविता) – रेवाधर जोशी

अबको बाटो

नेपालीहरु कि पवित्र जननी नेपाल आमा कठै ।
रोइन आज कपुतका जनमले रोइ रहन्छिन् अंझै॥
हाम्रो शिर सगर अंझै निहुरियो गौरब हरायो सब।
यीँ नेताहरुको खुलेन होस नै फेर होस फिर्ला कब।।
मेची कोशी कर्णाली को जल पनि रोदन गरि कलकल।
काली गण्डकी गर्छ रोदन अंझै आशु झरी भलभल।।

यो माइती घर हो जगत जननी को सीता जि छोरी पनि।
बेहाल माइतीको कसोरी सहनिन् दुखि सरिकि बनि।।
साछात गौतमकि पवित्र जननी श्री विष्णुका अंशभै।
कोखमा जन्मनु भो यसै उदरमा श्री साक्यका बंशमै।।
किरात लिच्छवि मल्ल शाहहरुले शासन अनेकन गरे।
राजा हेरु बिते अनेक युगका छोडेर सारा मरे।।

राजर्षि मिथिलेशको जनम भो यो पुण्य भुमि महाँ।
निष्ठूर बालक घाती जनम गए गौरव हरायो कहाँ।।
यीँ हुन् रक्त पिपाशु यो मुलुकका बाघ हुन् कि स्याल हुन्।
बाघ होइनन् डर छेरुवा मुलुकका स्यालका पनि र्याल हुन्।।
खुसी छन् यिँत जेन्जका रगतमा खलेर होलि यहाँ।
नाच्दै छन् मैँ हु भनि मुलुक मा लाजै हारायो कहाँ।।

यो को हो कसरी घुस्यो मुलुक मा छान बिन गरौँ लौ कब।
यसको बाद अपबाद भो मुलुक मा एकजुट हौं ल सब।।
नेपाल बाद यसका उपर शिर महाँ रिट्दै छ काल झैँ गरि।
नाङ्गि पार्नु भयो पबित्र जननि यो देशका है अरी।।
नेपालीहरु स्बाभिमानि सब हौ यो देशका रक्षक।
नेपाली हरु कर्म योगि सब हौं यो देशका सेवक।।

नेपालीहरु विर हु जगतमा गोर्खाली हाम्रो पन।
बिरले नै निर्माण गरे मुलुक को अर्पण गरे जिबन।।
खेल्छन आज डुबुल्की यो मुलुकको स्वाधीन यो राष्ट्र मा।
यिनको यो अपराध अछ्यम हुनु गो हामि सब काष्ठ मा।।
साश्रात वीर सहिद को रगत को इनले त हेला गरे।
हाम्र विर सहिद यो मुलुक का यसै निमित्त मरे।।

लाटा छन् जनता र पो अंझ पनि यिनकै मुहाली भए।
जिम्मा देश छ यो बिचार यो गर्नु सहिद छोडि गए।।
सच्चा देश प्रेमी हामी जति छौ एक ठाउँ जम्मा भइ।
यो ता गोल र मेचको बखत हो सतर्क सारा रही।।
दिऔं आज निकास यो मुलुकको यो संकटै का घरी।
लिऔँ साथ यि राष्ट सेवक सबै सेना तथा प्रहरी।।

हे्र्दै छन् प्रलोकमा बसि यहाँ यो राष्ट्र निर्माणक।
दुखि छन् प्रलोकमा बसि त्यहाँ यो राष्ट्र का नार्यक।।
बेइज्जत यिनले गरे जननिको उल्टो र सुल्टो गरि।
आफ्नौ मारि रजाँइ आज गर्ने यो राष्ट्र का हुन् अरी।।
सुइजर ल्याण्ड भयो सिंगापुर भयो के आजि बाँकी रह्यो।
कोमल बालक जेन्जीका रगतले यो राष्ट्र रातो भयो।।

रेवाधर जोशी
भूतपूर्व शिक्षक श्री हुनैनाथ मा.बि रातामाटा, लेकम-२, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्