काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबिच अनलाइन खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्।
सम्झौता मिति २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११) देखि लागू भई मंसिर ६ गते (नोभेम्बर २२) सम्मका लागि प्रभावकारी हुनेछ। सम्झौतापत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) श्री रिशव थापाले हस्ताक्षर गरेका छन्।
नेपाल बैंकले निरन्तर नविनता र डिजिटल सेवा विस्तारमा जोड दिँदै आएको उल्लेख गर्दै, डिजिटल ग्राहकको संलग्नता बढाउने उद्देश्यले ई–कमर्स प्लेटफर्मसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।
सम्झौता अनुसार, नेपाल बैंकमा खाता भएका ग्राहकले दराजमार्फत अनलाइन सामान खरिद गर्दा —
- डेबिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु. १,५०० सम्म छुट, र
- क्रेडिट कार्डबाट अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु. २,००० सम्म छुट
प्राप्त गर्न सक्नेछन्।
छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा बैंकको कुनै पनि शाखामार्फत ई–कमर्स सुविधा सक्रिय गराउनुपर्नेछ। बैंकले ग्राहकहरुलाई कार्ड सक्रिय गराउन र क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ।






