सुन सस्तो, चाँदी महँगियो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सो दर २ लाख ३७ हजार रुपैयाँ थियो ।

महासंघका अनुसार यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय अनुसार बिहान ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्