काठमाडौं – सुनको मूल्य आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार नौ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।
हिजो सुनको मूल्य दुई लाख ४८ हजार पाँच सय रुपैयाँ तोलामा थियो। विश्व बजारमा सुनको मूल्य बढ्दै गएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको महासङ्घले जनाएको छ। यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तीन हजार दुई सय ४० रुपैयाँ पुगेको छ। हिजोको मूल्य तीन हजार तीन सय २५ रुपैयाँ तोलामा रहेको थियो।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण सुन र चाँदी दुबैको मूल्यमा भिन्नता देखिएको हो।






