काठमाडौँ- नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यसअघि तोकिएको दुई लाख २३ हजार रुपैयाँको मूल्यलाई तोड्दै सुनले नयाँ रेकर्ड कायम गरेको हो।
गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा ७० रुपैयाँले बढेर दुई हजार ८१० रुपैयाँ पुगेको छ। गत शुक्रबारको मूल्य दुई हजार ७४० रुपैयाँ रहेकोमा पछिल्ला दुई दिन लगातार बढ्दै चाँदीले समेत नयाँ उचाइ बनाएको हो।






