काठमाडौँ – भदौ ३० गते, सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्दा चाँदी भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी निरन्तर ऐतिहासिक उचाइ बनाउँदै गएको छ। सोमबार प्रतितोला ५ रुपैयाँले बढेर चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको हो। आइतबारको बजारमा चाँदी प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।






