सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौँ – सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले कुल १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि, र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर भने सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। असोज २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असोज १३ गतेसम्म लम्बिनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन बी प्लस” रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्