काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभर सयौँ सरकारी कार्यालयमा आगजनी भई संरचना ध्वस्त हुँदा इन्टरनेट सेवा पनि प्रभावित भएको छ । सडकमा टायर बाल्ने र ठाउँ–ठाउँमा आगजनी गरिने घटनाले इन्टरनेट सेवा प्रदायकहरूलाई समेत असर पारेको हो ।
तर, प्राविधिक टोली परिचालन गरेर छिट्टै सेवा सञ्चालन गर्नेमा भायनेट कम्युनिकेसन्स प्रालि अग्रस्थानमा देखिएको छ । दिनरात प्राविधिक खटाएर भायनेटले समयमै इन्टरनेट सेवा पुर्याएको थियो । अवरुद्ध सेवा सुचारु गर्नका लागि कम्पनीले प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै प्राविधिक टोली पठाएको थियो, जसका कारण प्रयोगकर्ताले छिट्टै इन्टरनेट सुविधा पुनः प्राप्त गर्न सके ।
सन् १९९९ मा स्थापना भएको भायनेट हाल प्रयोगकर्ताको संख्या तथा लोकप्रियताको हिसाबले नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक (ISP) मानिन्छ ।
भायनेटले नेपालमै पहिलोपटक उच्च गतिको फाइबर टु द होम (FTTH) सेवा सुरु गरेको हो, जुन अहिले काठमाडौं उपत्यकामा निकै लोकप्रिय बनेको छ । यसबाहेक, कम्पनीले ‘एन्टि-लग गेमिङ इन्टरनेट’ सेवा पनि सुरु गरेको छ, जसलाई गेमरहरूले विशेष रूपमा उपयोग गरिरहेका छन् ।
लोडसेडिङको समयमा समेत विना अवरोध उच्च गतिको इन्टरनेट उपलब्ध गराएर अग्र स्थानमा थियो। भायनेटले व्यक्तिगत तथा व्यावसायिक क्षेत्रका लागि विभिन्न प्याकेजहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीका सबै इन्टरनेट प्याकेजसँगै ग्राहकले भायोटभी सेवा पाउने सुविधा रहेको छ ।






