काठमाडौं – प्रतितोला २ लाख रुपैयाँ नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आइतबारको तुलनामा सोमबार फेरि २ हजारले बढेर ऐतिहासिक उच्चतममा पुगेको छ ।
शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो । आज सोमबार फेरि २ हजार बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँ रहेको चाँदी सोमबार २ हजार ४७० रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै नेपाली बजारमा पनि सीधा प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।






