सुनचाँदीको भाउ घट्यो, सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

काठमाडौँ – सुनको भाउ आज तोलामा १,२०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलाको १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले घटेर २ हजार ३ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको २ हजार ३ सय १५ रुपैयाँ थियो।

यसरी सुन–चाँदी दुवैको भाउ घटेपछि बजारमा खरिदबिक्रीमा केही चहलपहल बढ्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्