शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ – तीन दिनपछि खुलेको शेयर बजार सोमबार दोहोरो अङ्कले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.९० अङ्कले घटेर २,८२२.४६ विन्दुमा झरेको हो।

म्युचुअल फन्ड र ‘अन्य’ बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा बढीले ओरालो लागे। उन्नति सहकार्य लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घट्दा रिभर फल्स पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढ्यो।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो बिहीबार ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३२४ कम्पनीका २ करोड ५० लाख कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्