काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ। आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त दर १ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलामा २ हजार २ सय ५० रुपैयाँ थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य तथा भन्सार दरका आधारमा दैनिक दर निर्धारण हुने गर्छ। कारोबारकर्ताहरूले मूल्यमा उतारचढाव भइरहने भएकाले सजग भएर लगानी गर्न आग्रह गरेका छन्।






