सुनको भाउ स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १,९३,६०० रुपैयाँ मा कारोबार भइरहेको छ, जुन हिजोकै मूल्य हो। तेजाबी सुनको भाउ पनि अघिल्लो दिनसरह नै कायम छ।

चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। हिजो तोलाको २,२९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २,२९५ रुपैयाँ पुगेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्ति अनुरूप भाउमा घटबढ हुने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्