काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा ६२ हजार ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साता यता भारतमा दैनिक ३ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतमा यो भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ सय १ पुगेको छ भने १९ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । तर दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।