चोटका कारण करण केसीले स्कटल्यान्डविरुद्धको म्याच गुमाए

काठमाडौं – नेपाली टिमका प्रमुख फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने भएका छन् । उनलाई अमेरिकासँगको अघिल्लो खेलमा चोट लागेको थियो ।
क्यानका अनुसार करणसँगै ब्याट्सम्यान भीम सार्की पनि चोटका कारण स्क्वाडबाट बाहिरिएका छन् । करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए ।
करणले अमेरिकासँगको खेलमा १.४ ओभरमा मात्रै बलिङ गर्न सकेका थिए । त्यसपछि उनी मैदानबाटै बाहिरिनु परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्