दुई दिन थपियो डिभी भर्ने समय

काठमाडौं – अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।

यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन निःशुल्क फारमको व्यवस्था गरिएको छ। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्