विश्वमा कोरोनाः संक्रमितको संख्या ३५ लाख नजिक, २ लाख ४४ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको झण्डै ३५ लाख नजिक पुगेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३४ लाख ८१ हजार ३ सय ५१ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा ११ लाख ६० हजार भन्दा धेरै संक्रमित भेटिएका छन् भने युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।

यो भाइरसको कारण अहिलेसम्म संसारभरी २ लाख ४४ हजार ६ सय ६३ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ६७ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी ११ लाख भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्