भारतमा कोरोनाः एकै दिन २४ सय भन्दा बढी संक्रमित भेटिए, १ सय जनाको मृत्यु

काठमाडौँ – भारतमा एकै दिन २४ सय भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार यहाँ एकै दिनमा २४ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा यो भाइरसबाट यहाँ १ सय जनाको मृत्यु भएको छ । यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १३ सय २३ पुगेको छ । कोरोना भाइरसबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्