बाँके र रुपन्देहीमा पनि २ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्