बाँकेमा लकडाउन थप कडाई

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेबाट औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ । कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन सो समय औषधि पसलबाहेक सम्पूर्ण पसल व्यवसाय बन्द गराउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासुलगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ ।

यसअघि जिप्रकाले अपराह्न ४ बजेदेखि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गराउँदै आएको थियो । बन्दाबन्दीको अवज्ञा गरेमा कानूनबमोजिम कारवाही गरिने सहायक प्रजिअ उपाध्यायले बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्