कोरोना विरुद्धको लडाइमा अमरगढी अग्रमाेर्चामा, ‘नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता’ : नगर प्रमुख ओझा

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न निकै सक्रियताका साथ काम गरेको छ ।

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मि पठाएर सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको छ । नगरले यस वर्ष स्वास्थ्य सुधार अन्तरगत अनिवार्य हातधुने, शौचालयको प्रयोग, पोषिलो खानेकुरा र समयसमयमा स्वास्थ्य जाँच अभियान पनि चलाईरहेको थियो । त्यसै समयमा कोभिड–१९ को महामारि फैलिन लागे पछि निकै चनाखो पुर्ण ढंगले स्वास्थ्य सामग्री र औषधी शुरुवातकै दिनमा नै व्यवस्था गरेर राखेको स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले जानकारी दिए । नगरपालिकाले सम्भावित संक्रमण बाट जोगिन आकस्मिक उद्धार टोलि देखि क्वारेन्टाईनसम्म सबै तयारी अवस्थामा समेत राखेको छ ।

 

लकडाउनका कारण ज्यालादारीमा काम गर्ने र विपन्न परिवारमा आउन सक्ने सम्भावित भोकमारि वाट वचाउन गत चैत्र १३ गते नै लागत संकलन गर्न ११ वटै वडा कार्यालयमा राहत वितरणको सूची तयार पार्न नगरपालिकाले वडा कार्यालयहरुलाई निर्देशन दिएको थियो । लकडाउनको असर पर्न थालेपछि उनीहरुलाई समयमै नगरपालिकाकाले विभिन्न खाद्य सामग्री समेत वितरण गरेको थियो । गरिव मजदुर र विपन्न परिवारलाई राहत वितरण गरेपछि नगरपालिकाले नगर बाहिर विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई पनि बसको व्यवस्था गरेर घर ल्याईरहेको छ ।

हाल सम्म ५ सय भन्दा बढी नगरबासीहरु विभिन्न स्थानवाट नगर पालिका भित्र प्रवेश गरेको नगरपालिकाले जनाएको छ । ति नागरिकहरुको स्वास्थ्य जाँच गरेपछि मात्र नगरपालिकाले घर ल्याउने गरेको छ ।

अमरगढी नगरपालिकाले नगरका दीर्घरोगीका लागि घरमै औषधि पुर्याउने कार्यक्रम पनि गर्दै आएको छ । त्यो सँगै नगरपालिकाले सुगर र प्रेशरका विरामीहरुका लागि घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्यजाँच गर्ने समेत व्यवस्था मिलाएकोे छ । नगरको दुर्गम क्षेत्र चिरकिट्टेमा कोरोना निगरानि एवं जनरल स्वास्थ्य जाँच कक्ष (परिवार नियोजन, गर्भवति जाँच, खोप सेवा, क्षयरोग र जरो खोकि ) स्थापना गरेर दुर्गमका जनतालाई पनि स्थानीय सरकारको अनुभूति दिलाएको छ ।

नगरपालिकाले बजार क्षेत्रमा सरसफाई तथा किटनासक औषधि छर्किने, घरघरमा मास्क, सावुन र सेनिटाईजर वितरण पनि समयमै थालेको थियो । सम्भव तह मास्क स्थानीय स्तरमै मास्क उत्पादन गर्ने अमरगढी नगरपालिका प्रदेशकै पहिलो नगरपालिका भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद उपाध्यायले बताए ।

नगरपालिकाले विभिन्न देशबाट नगरभित्र प्रवेश गरेका व्यक्तीहरुको आरडीटी विधिबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण समेत गरेको छ ।

यस्तो विषम परिस्थितिमा पनि नगर प्रमुख विपिन ओझा आफै उपस्थित भएर किसानका समस्या वुझ्ने, स्थानिय उत्पादन वजार सम्म पुगाउन समन्वय गर्ने जस्ता जनताको पिडामा मलम लगाउने काममा खटिएका छन् । डडेल्धुरा जिल्लामा रहेको संघिय सरकारको एक मात्रै अस्पताल डडेल्धुरा अस्पलालमा कारोना परिक्षण ल्याव संचालनको पहल देखि सर्वपक्षीय सर–सल्लाहमा समेत प्रमुख ओझाको निकै महत्व पुर्ण भुमिका रहेको छ ।

कर्मचारिको मनोवल बढाउन २५ प्रतिशत अतिरिक्त सेवा दिने र प्रति केस ५०० दिनुका साथै महिला स्वयं सेविका हरु लाई समेत सकृय गर्न १ हजार थप दिने निर्णय नगरपालिकाले गरेको छ । सदरमुकामको नगरपालिका भएकाले विभिन्न अलपत्र परेका र खर्च अभाव भएका विरामीलाई सहयोग तथा उद्वार समेत नगरले गर्दै आएको प्रमुख ओझाको भनाई छ । “आधारभुत स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हक हो त्यसैले जनताले पाउने सेवामा राज्य वेखवर रहनु हुदैन”, प्रमुख ओझाले भने । अमरगढी नगरपालिको स्वास्थ्य सेवा पहिलो प्रार्थ्मिकतामा राखेर काम गरिरहेको पनि प्रमुख ओझाको दावी छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्