किलोले टाउकोमा प्रहार गरि श्रीमतीको हत्या

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बिहानको खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए ।

गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले घरका अन्य सदस्यहरुलाई पनि मार्छु भन्दै आएका थिए । राम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटना अनुसन्धानको क्रममा रहेकाले हत्याको कारण खुल्न बाँकी रहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्