विश्वको सर्वोच्च शिखर सगरमाथामा चीनको फाइभ–जी

बेइजिङ — चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा मोबाइल नेटवर्कको नयाँ टेक्नोलोजी ५–जी अपरेसन सुरू गरेको छ ।

बिहीबार मध्यान्ह तिब्बततर्फबाट ६ हजार पाँच सय मिटरको उचाइमा ५–जी डाटाबेस खडा गरिएको चिनियाँ सञ्‍चारमाध्यमहरूले जनाएका छन् । चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा ५–जी जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्