आज ३४ दिनपछि झुलाघाटबाट ८३७ जना नेपालीलाई स्वदेश भित्र्याईदै

बैतडी – ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८ सय ३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ ।

विहीबार सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय बैतडीले नाका खोलेर नेपाल ल्याउन सुरु गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

भारतबाट नेपाल भित्रिएका नेपालीको स्वास्थ्य जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयले उपकरणसहित १० जना भन्दा बढी स्वास्थ्यकर्मी सीमाना कामाका खटाएको छ ।

भारतबाट नेपाल ल्याउन लागेका सबै जना एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसे पनि नेपाल सरकारको नीति अनुसार सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीको प्रमखु योगेशप्रसाद भट्टले बताए ।

भारतीय सीमा नाकाबाट नेपाल भित्रिएकालाई सम्बन्धित पालिकामा पुर्याउन १० वटा बस र थप जिपको व्यवस्था गरिएको छ ।

भातरबाट नेपाल ल्ययाईएका सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

तस्बिरः गाेरखापत्रअनलाइनबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्