मध्यपुर थिमी–७ ले सामुहिक मेसको पहिलो दिन ८६२ प्याकेट खाना वितरण गर्‍याे

निरज बाडे
भक्तपुर –मध्यपुर थिमि नगरपालिका वडा नं ७ ले मंगलबारदेखि सामुहिक मेसमा खाना खुवाउ थालेको छ ।

अति विपन्न र पैदलयाहरुलाई सिद्धिकालीस्थित शुभश्री बैक्वेटमा, सामुहिक मेसमा खाना खुवाउ थालिएकाे  वडा अध्यक्ष कृष्ण कुमार प्रजापतिले जानकारी दिए । जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले सबैको पीडा बुझेर वडा कार्यालयले सामुहिक रुपमा खाना खुवाउने निर्णय गरेको वडा अध्यक्ष प्रजापतिको भनाइ छ । पहिलो चरणमा, बिहान बेलुका छाक टार्न समस्या भएका ७ सय भन्दा बढी परिवारलाई वडाले राहत वितरण गरेको अध्यक्ष प्रजापतीले जानकारी बताए ।

  

मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको उपस्थीपतिमा मनकारी भावनाका स्थानीय किरण बाडेले १० बोरा चामल र रुद्र प्रघानाङ्गले १० हजार नगद सहयोग गरेका छन् ।

नगदेशका स्थानिय महिलाहरुले खाना बनाउन बिहान बेलुका खटिरहेको र पहिलो चरणको राहत वितरण देखि नै नगदेशको परिवर्तनका लागि स्थानीय युवाहरुले निकै सक्रियता देखाएको भन्दै वडा अध्यक्ष प्रजापतिले प्रशंसा समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्