रामचन्द्र पौडेलको प्रश्नः ‘राष्ट्रपति’ नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला?’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि नै गम्भिर आरोप लगाएका छन् ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता, अराजकता र भाडभैलो मच्चाउने काम गरेको आरोप लगाएका हुन् ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राखेका पौडेलले प्रधानमन्त्रीले संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर अस्थिरता निम्ताउने काम गरेको पनि बताए । उक्त अध्यादेशहरू राष्ट्रपतिले खारेज गरिसकेकी छन् । तर पौडेलले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न गरेका छन् ।

‘एकातिर अध्यादेश जारी गर्ने, अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबली खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश, त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन?,’ पौडेलको प्रश्न छ, ‘संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला?’

सरकारका यस्ता गतिविधिले जनतामा निराशा छाएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्