मध्यपुर थिमी–२ मा अनुगमन सहित घर-घरमा पुगि दोस्रो चरणको राहत वितरण

निरज बाडे

भक्तपुर – मध्यपुर थिमी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राम थापा मगरले अनुगमन सहित दोस्रो चरणको राहत वितरण गरेका छन् ।

घर घरमा, टहरोमा र छाप्रो–छाप्रोमा पुगि राहत बितरण गरिएको अध्यक्ष थापा मगरले जानकारी दिए । नगरपालिकाले बैशाख ९ गते दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा साढे ७ हजार भन्दा बढि विपन्न पविारलाइ राहत वितरण गरको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको निर्णय अनुसार वडा नं. २ मा स्वयंसेवक परिचालन गरि घर, टहरा र छाप्रो–छाप्रोमा गई दाल, चामलको अवस्था हेर्दै तथ्याङ्क संकलन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष थापा मगरले जानकारी दिए ।

पहिलो चरणको राहत वितरणमा ७ हजार ५ सय २८ परिवारका लागि ७४ लाख ४८ हजार ४ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । दोस्रो चरणको राहतमा सामुहिक मेस र अति बिपन्नलाइ राहत घर–घरमा राहत पुर्याउने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्