मुम्बईमा कोरोना संक्रमण भएका अछामका एकै परिवारका ८ जना निको भए

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमित भएका एकै परिवारका आठ जना नेपालीहरु उपचारपछि निको भएका छन् ।

अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको बीबीसी न्युज नेपालीले जनाएको छ ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले अर्को जीवन पाएको बताएका बीबीसीले लेखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्