भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियारको छापा

चितवन – भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियारले छापा मारेको छ ।
विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो ।

मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्