विश्वमा कोरोनाः साढे ३० लाख भन्दा धेरै संक्रमित, २ लाख ११ हजार भन्दा बढीको ज्यान गयो

काठमाडौै – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या साढे ३० लाख नाघेको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख ६५ हजार २ सय पुगेको छ । यो भाइरसको कारण २ लाख ११ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या १० लाख १० हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९ लाख २२ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख ३८ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्