नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढायो

काठमाडौँ – नेपाल सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको हो । सरकारले चालु आर्थिक बर्षमा स्टाफ कलेज स्थापनाका लागि बजेट बिनियोजन गरेको थियो जस अनुसार कार्यक्रमहरु संचालन भइरहेका छन् । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने कुराहरुबारे पनि एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार अर्थ मन्त्रालयमा नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले इन्जिनियरिङ स्टाफ कलेजको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

अझै स्टाफ कलेजको नाम र उद्देश्यलाई फराकिलो गर्नका लागि ‘नेपाल ईन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिस्ठान’ नाम कायम गर्न प्रस्ताव गरिएको समेत प्रा. डा. बज्राचार्यले बताए ।

छलफलमा नेपाल ईन्जिनियरर्स एशोसियशनका महासचिव ई. छवि राज पोखरेल, र वागमति प्रदेशका सभापति ई. नन्द बन्जादे र ई. बिरोध रिजाल पनि सहभागि भएका थिए ।

एशोसियशनको अनुरोधमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित स्टाफ कलेजको बिधेयक तयार गर्न एक समन्वय समिति बनाएर काम गरिहेको पनि अध्यक्ष प्रा. डा. बज्राचार्यले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्