सरकारले दक्षिण कोरियामा कामदार पठाउने बाटो खोल्यो

काठमाडौं – सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रि डाक्टर युवराज खतिवडाले दिए ।

भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको हो ।

सरकारले माघको अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा उत्तीर्ण गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । तर, चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्रा्ष्ट्रिय उडान बन्द भयो ।

त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । कोरियाले भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम छ ।

सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास गरेका कामदार जान नपाएकोमा अब कोरिया जानलाई बाटो खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्