झापामा थप एक जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं – झापामा थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्