हेलम्बुले ८ सय भन्दा बढीलाई उपत्यकाबाट उद्धार गर्‍यो

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले काठमाडौँबाट ८ सय जना भन्दा बढीलाई गाउँ फर्काएको छ ।
लामो समय लकडाउनका कारण काठमाडौँमा समस्या भोगिरहेका हेलम्बुबासीहरुलाई गाउँपालिकाले उपत्यकाबाट उद्धार गरेको हो । उनीहरुको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उपहार खबरलाई जानकारी दिए ।  काठमाडौँमा रहेका आफ्ना नागरिकहरुलाई २२ वटा गाडीमा हेलम्बु ल्याइएको गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्