देश गम्भीर संकटको दिशातर्फ जाँदैछः भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटको दिशातर्फ जाँदै गरेको बताएका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौमा डा. सुरेन्द्र यादवको अपहरणसम्बन्धी कसुरमा संलग्नहरुमाथि जाहेरी दिन पुगेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘देश गम्भीर संकटतर्फ जाँदैछ । हामीले प्राप्त गरेका उपलब्धीहरु गुम्दैछन् र राज्यकै अपराधिकरण भैसकेपछि नागरिकको जीवनरक्षा कसरी हुन्छ, यो विषयमा जनतालाई सुसूचित गरिदिनुहोस्’ डा. भट्टराईको आग्रह छ । त्यस्तै उनले जाहेरी नलिइकन मुद्दा चलाउन सक्ने भएपनि त्यसो नगरिएको बताए ।

उनले राज्य नै संलग्न भएर अपहरण भएको भन्दै घटना अझ गम्भीर बनेर गएको बताए । उनले ओलीतन्त्रले राज्यको कानुन, संविधान सवै मिचेको भन्दै सवैलाई आतंकित पारेको बताए । डा. सुरेन्द्र यादवले प्रहरीले जाहेरी लिन आलटाल गरेको भन्दै उनले आफूहरुले कानुनी उपचार खोज्ने प्रतिक्रिया दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्