ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्‍यापिड टेष्ट ३ पटक पोजेटिभ देखिएपनि पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदककुमार उपाध्यायले जानकारी दिए ।

युवती केही समयदेखि ब्लड क्यान्सरको विरामी थिइन् । उनी वैशाख ४ गते चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना भएर ९ गते डिस्चार्ज भएकी थिइन् । युवतीको शव दाहसंस्कारको लागि परिवारलाई जिम्मा लगाउने तयारी गरिएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्