सर्वेन्द्र खनाल लगायतका विरुद्धको मुद्धा लिन काठमाडौ प्रहरीले मानेन्

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ ।

आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण (किसान ) श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर पुगेका छन् । पीडित सांसद डा. सुरेन्द्र यादव पनि प्रहरी कार्यालयमा छन् ।

मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेत प्रहरी कार्यालयमा पुगेका छन् ।

डीएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको र यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्