घर घरमा स्वास्थ्यकर्मी र औषधि

सुशील सुवेदी
सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनमा स्थानीयवासीको स्वास्थ्य परीक्षणका लागि घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गरिएको छ । घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गर्दै धुस्कुनमा स्थानीयको स्वास्थ्य परीक्षण थालिएको हो ।

शनिबार एकैदिन ६ सय जनाको स्वास्थ्य परीक्षण भएको छ । शनिबार खाजिलुङ , निगाले, पात्ले, जात्राथलीका ६ सय जनाको सामान्य स्वास्थ्य परीक्षण र आवस्यक औषधीसमेत प्रदान गरिएको वडाध्यक्ष सुकदेव रिसालले बताए । टोल टोलमा पुगेर वडाका दीर्घरोगीहरुको विवरण संकलन पनि गरिएको छ । नियमित रुपमा औषधी सेवन गरिरहेकाहरुको विवरण संकलन गरि उनीहरुलाई आवस्यक औषधी प्रदान गरिने रिसालले बताए ।

स्वास्थ्यकर्मीसहित स्यंमसेवक दस्ता बनाएर स्वास्थ्य परीक्षणमा खटाइएको छ । विभिन्न ३ टोली बनाएर धमाधम जनताको स्वास्थ्य परीक्षण भइरहेको छ । रुघाखोकी, ज्वरो, प्रेसर जाँच गर्दै आवस्यक औषधी उपलब्ध गराइएको छ । वडाका ४ हजार बढि स्थानीयको स्वास्थ्य परीक्षण गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको वडाध्यक्ष रिसालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्