सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

सशील सुवेदी
सिन्धुपाल्चोक – जिल्लामा वडा अध्यक्षहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य परिक्षणको दायरा फराकिलो पारिएको छ ।

गत हप्ता सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्थानिय विपद व्यबस्थापन समितिहरु मार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएपछि हरेका वडामा परिक्षण तिब्र पारिएको हो ।

नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाले सामग्री वितरणका क्रममा प्राप्त स्वास्थ्य सुरक्षा साधनको प्रयोग गरी हरेक घर घरधुरीमा पुगेर परिक्षण गर्न सुुझाव दिएका थिए । सापकोटाको सुझावपछि यस काममा तिव्रता आएको हो ।

चौतारा सांगाचोकगढी नगरपालकिाका वडा न २ का अध्यक्ष दिपेन्द्र थापाका अनुसार सभामुखको पहलमा आएको स्वास्थ्य सुरक्षा सामग्रीले सवैको स्वास्थ्य परिक्षण गरिएको छ । थापाले सहयोगका लागि सभामुखलाई धन्यवाद दिएका छन् । यस्तै सुनकोशी ६ का अध्यक्ष रामकुमार थापाले पनि सामग्री पाएपछि सबै घर धुरीमा पुुगेर परिक्षण गरिएको जानकारी दिए ।
बलेफी ४ का वडाध्यक्ष कालीप्रसाद तामाङले प्राप्त स्वास्थ्य सामाग्रीको प्रयोग मार्फत घर घर पुुगेर जाचिएको बताए । यस्तै बलेफी ३ का अध्यक्ष विरमान तामाङले पनि वडाबासीको घरमै गएर उनीहरुको स्वास्थ्य परिक्षण गरिएको दिए ।
कुल १०१ वडा रहेका सिन्धुपाल्चोकका अधिकांस वडाले घरमै पुुगेर स्थायिनको स्वास्थ्य परिक्षण गरिरहेका छन् । हालसम्म सिन्धुपाल्चोकमा कुनै पनि कोरोना पोजेटिभ केश फेला परेको छैन ।
सभामुख सापकोटाले जिल्लाका जनप्रतिनिधिहरुसंगको टेलिफोन सम्वाद पछि अत्याबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गरेका थिए । सभामुखले आवश्यकताका आधारमा थप सहयोगको पहल गरिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्