भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश भित्र्याउन दार्चुला प्रशासन तयार, केन्द्रको निर्णय पर्खिदै

दार्चुला – जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुला भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तयार भएको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा शनिबार बसेको केन्द्रको बैठकले पिथौरागढ जिल्लाको धारचुलाका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई आवश्यक प्रबन्ध मिलाई नेपाल भित्र्याउने निर्णय गरेको हो ।

क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई सीमा क्षेत्रबाट नेपाल भित्र्याउदा दत्तु र पुलघाट नाकाको प्रयोग गरी नाकामा आवश्यकता अनुसार नाम संकलन गरि थर्मल गनबाट चेक जाँच गर्ने निर्णय गरेको छ । नाम संकलन गरी सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा विवरण पठाइने छ । नेपाल भित्रिएका व्यक्तिहरुलाई बैतडी, बझाङ, दार्चुला र अन्य जिल्लाका गरि चार समुहमा विभाजन गरि सम्बन्धित स्थानीयतहो जिम्मा लगाएर सवारी साधानमा सुरक्षित पठाउने समेत केन्द्रले निर्णय गरेको छ । प्रत्येकलाई क्वारेन्टाइनमा राखेर परीक्षणको समेत व्यवस्था गरिने छ भने सीमा नाका खुलेको समयमा सम्बन्धित जिल्लामा पठाउन नसएिक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिने पनि केन्द्रले निर्णय गरेको छ । तर संघीय सरकारले भने नेपाल भित्र्याउन अनुमति दिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्