विश्वमा कोरोनाः मृतकको संख्या २ लाख ३ हजार नाघ्यो, २९ लाख भन्दा धेरै संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख भन्दा बढीको मृत्यु भएको छ ।

वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २९ लाख २१ हजार २ सय १ पुगेको तथ्याङ्कमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ । अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ८ लाख ३६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्