लकडाउन खुलेपछि मात्रै शैक्षिक सत्र सुरु गर्न अनेरास्ववियुको सुझाव

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ ।

अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई भेटेर विश्वविद्यालयका स्थगित परीक्षा पनि लकडाउन खोले लगत्तै लिनुपर्ने सुझाव दिएको हो ।

महरकाअनुसार कक्षा ११ को परीक्षा लकडाउन खुलेपछि होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव मन्त्रीलाई दिइएको छ । कक्षा १२ को भने अनिवार्य परीक्षा गरिनुपर्ने अनेरास्ववियुले माग गरेको छ ।

अखिलले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरूमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नु पर्ने भन्दै त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था हुनुपर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्