घरेलु हतियार प्रयोग गरी जंगली जनावर मार्ने २ जना प्रकाउ

सुशील सुवेदी
सिन्धुपाल्चोक – घरेलु हतियार प्रयोग गरी जंगली जनावर मार्ने त्रीपुरासुन्दरी गाँउपालिका वडा नं. २ लुङगुर्पा स्थित बस्ने हिरा बहादुर गुरुङ र टपिन्द्र बहादुर गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ ।

उनिहरुको साथबाट २ नाल भरुवा बन्दुक सहित मृग तथा मृग जस्तै जंगली जनावरको मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिए ।

शुक्रबार राति घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त भएपछि ई.प्र.का बाह्रबिसेबाट प्रहरी निरिक्षकको कमाण्डमा निजहरुको घरमा खानतलासी गर्दा रातको १० बजे टपिन्द्र बहादुर गुरुङको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अबस्थामा फेला पारेको र निजकै घरको पुजा घरमा २ नाल भरुवा बन्दुक समेत फेला परेको र निज हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु सुकाई राखेको अबस्थामा फेला पारेको काफ्लेले जानकारी दिए ।

उनिहरुलाई पक्राउ गरी आबश्यक अनुसन्धानको लागि बाह्रबिसेको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्