कोरोना संक्रमित चितवनका युवक डिस्चार्ज, निको हुनेको संख्या १२ पुग्यो

चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं। ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।

२७ वर्षीय ती व्यक्ति अस्पतालले डिष्चार्ज गरे पनि कोरोना संक्रमित आमाको हेरविचार गर्नुपर्ने भन्दै अस्पतालमै रहेका अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

वैशाख ३ गते ¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा भेटिएका आमा छोरालाई नै वैशाख ५ गते स्वाब परीक्षण पश्चात् संक्रमण भएको पुष्टि गरिएको थियो । अहिले छोराको परीक्षणमा कोरोना सक्रमण नेगेटिभ देखिए पनि ६३ वर्षीया आमाको भने अझै पनि संक्रमण नै देखिएको छ, तर उनको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्